सन्जीव र नलिना पोर्तुगल आउँदै »

लिस्बोन : चर्चित कलाकार सन्जीव प्रधान र नलिना चित्रकार आफ्नो प्रस्तुतिका लागि पोर्तुगलको राजधानी लिस्बोन आउने भएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा नोभोम्बर १२ मा उनीहरूले आफ्नो प्रस्तुति पस्कनेछन् ।


'पानी पानी भयो मेरो मन पनि...' जस्तो चर्चित गीतकी गायिका नलिना र 'देउरालीको चौतारीमा...' जस्ता सदावहार गीतका गायक सन्जीवले लिस्बोनस्थित कल्चर हाउसमा आफ्नो भब्य प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
यी दुई कलाकारले एनआरएन पोर्तुगलको आकस्मिक काेशकाे सहयोगार्थ आफ्नाे गायन प्रस्तुत गर्न लागेको एनआरएन, पोर्तुगलका उपाध्यक्ष सुनील संगमले जानकारी दिएका छन् ।

Trouble listening? Try from alternative players
Advertisement