नौ हजार फिटबाट २३ नेपाली उडे »

- Anuz Kulung
भदौ १५, २०७३
पछिल्लो समयमा पोखरामा प्याराग्लाइडिङ क्षेत्रको बिकास अत्याधिक तरिकाले अगाडि बढिरहेको छ । व्यवसायिक रुपमा बिकास मात्र हैन यो विषयमा अध्ययनकोलागि यूवाहरुको जागरुकता पनि उत्तिकै छ । नेपालमै बैधानिक रुपमा सरकारबाट मान्यता प्राप्त पहिलो प्याराग्लाइडिङ स्कुल बाबु एड्भेन्चर प्याराग्लाइडिङ स्कुलले प्याराग्लाइडिङ कोर्ष सुचारु रुपले सञ्चालनमा ल्याएको छ ।

उक्त स्कुलबाट सञ्चालित एड्भान्स कोर्ष २१ जना सहभागी विद्यार्थीले गत बुधबार पूरा गरेका छन् । करिब ९००० फिट भन्दा माथि अप्पर कोर्चुङबाट प्याराग्लाइडिङ गरेर १२०० फिट तल भुर्जुङ खोलामा सफल पुर्वक अवतरण गरेका थिए ।

पोखराबाट गत सोमबार प्रशिक्षक सानुबाबु सुनुवार र द रोड साइड क्याफेका संचालक कृष्णजंग केसी सहित २३ जनाको टोलि अप्पर कोर्चुङ हिडेका हुन् । मौसमका कारण निकै समय उड्नका लागि कुर्नुपरेका जानकारी कार्यलयमा प्राप्त भएको थियो । तर बुधबार मौसमले साथ दिन साथ टोलि ९००० फिटबाट उड्न सफल भएका हुन् ।
 
उक्त प्रशिक्षणमा रहदा विभिन्न अनुभुतिहरु प्रशिक्षार्थिहरुले बाँडेका थिए । “जीबनमा मैले धेरै किसीमको ट्रेकिङहरु गरेता पनि यो खालको अनुभव चाहि कहिले पनि भएन । तत्काल रुपमा सहि निर्णय कसरी गर्ने र अभावहरुमा आफुलाई कसरी सम्हालिनुपर्दोरहेछ भन्ने अनुभूति यो तालिमबाट प्राप्त भयो ।” प्रशिक्षार्थी गौरब कँडेलको अनुभव हो यो ।

“दुःख के हो ? खानाको महत्व के हो ? एक थोपा पानीको महत्व के हो ? पैसाको महत्व कहाँ हुदो रहेछ भन्ने नयाँ अनुभव मैले बटुल्न पाए । लेक क्षेत्रमा पाइने टुसा टिप्नुको दुःख र कष्टको झन् नयाँ अनुभवले जीवनमा एउटा मलाई नयाँ पाठ दियो ।” भन्दै सहभागी प्रशिक्षार्थी हरिप्रसाद पहारीले जानकारी दिएका थिए ।

“बिद्यार्थीहरुलाई उडाउनु मात्र ठूलो कुरो होइन । उड्नु भन्दा अघि हरेक पाइलटले कस्तो कस्तो कुराहरुमा आफुलाई तयारी गर्नुपर्छ । यो कुरालाई प्रयोगात्मक तरिकाले सिकाउनु पाउदा म अत्यन्तै खुशी छु । अत्यन्तै च्यालेन्जीङ त थियो नै । पानीको अभाव, खानाको अभाव, अत्यन्तै कष्टका कुराहरु उहाँहरुले प्रत्यक्ष भोग्न पाउनु भो । वास्तविक जीवनको पाठ सिकाउनु पाइयो ।” प्रशिक्षक सानो बाबु सुनुवारको भनाई थियो ।

उक्त स्कुल स्वरेक स्याङजामा सञ्चालनमा रहेको छ । नेपाल सरकारको मान्यता प्राप्त र मापदण्ड अनुरुप उक्त स्कुल पहिलो पटक नेपालमा सञ्चालनमा आएको हो ।
 
सानो बाबु सुनुवार गत जुलाई २७, २०१६ मा युरोपको अग्लो शिखर माउटण्ट एलब्रुस बाट टेन्डम प्याराग्लाईडिङ गरी सफल अवतरण गरेका थिए ।  
 

Trouble listening? Try from alternative players
Advertisement