सोल्टिनीज्यू आउनु है सम्झेर »

सोल्टिनीज्यू आउनु है सम्झेर हाटैमा.. र लुङ्वा त गाँठे चेली माईती हो धान नाच्न हुन्न... को सुटिङ सम्पन्न भएको छ । लिम्बू परम्पराका शालीनता र विशिष्टतालाई जोगाउने खालका यि दुबै गीतमा पुरुष मोडलका रुपमा चर्चित गायक कुशल थलङ देखा परेका छन् ।

सोल्टिनीज्यूमा कुशललाई मुख्य भूमिकाको रुपमा सङ्गिता लुम्फुवा लिम्बूले साथ दिएका छन् भने उदय लिम्बू, सुम्निमा बान्तवा राई र यसोदा याखाले पनि साथ दिएका छन् । लुङ्वा त गाँठेमा गीतमा कुशल थलङ्सँग नव कलाकार समिक्षा तुम्बापो लिम्बू देखा परेकी छिन् । केहि दिनभित्र अन्तराष्ट्रीय रुपमा रिलिज हुन गई रहेका यि दुबै भिडियोको निर्देशन र सिनेम्याटोग्राफी खगेन्द्र पन्धाक लिम्बूले गरेका छन् ।

दुबै गीतको सङ्कलन तथा शब्द-सङ्गीत पनि खगेन्द्र कै रहेको छ भने सोल्टिनीज्यू...मा मञ्जु लावती, देशु सुहाङ, लक्ष्मण लिम्बु र कृष्णभक्त राईको स्वर रहेको छ । लुङ्वा त गाँठे....मा नेत्र राई र देशु सुहाङको स्वर रहेको छ । दुबै गीतको छायाङ्कन ललितपुरको नक्खिपोट र ढोलाहिटीमा सम्पन्न भएको हो । भेषभुषा तेह्रथुमे ढाका कलेक्सनको रहेको छ ।सुबास राईको प्रमुख निर्माण नियन्त्रणमा बनेका दुबै म्युजिक भिडियो म्युजिक मिडिया प्रा.लि. को प्रस्तुति रहेको छ ।

Trouble listening? Try from alternative players
Advertisement