समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग »

गुदेल शेर्पा किदुग, सोलुखुम्बूले भूकम्प पिडितलाई १ करोडभन्दा ज्यादा सहयोग गरिसकेको छ । समाज सेवाकोलागि स्थापित गुदेल शेर्पा किदुगले २०७२ साल पौष २५ गते काठमाडौको तीनचुलीस्थित मिन्ड्रोल च्याङछुप छोलिङ गुम्बामा नि:शुल्क आँखा परिक्षण तथा उपचार र नि:शुल्क औषधी वितरणको गरेको थियो ।

३०७ जनाको परिक्षणमा ३१ जनालाई मोतिविन्दु भएको भेटिएको थियो । सबै आँखा रोगीहरूलाई नि:शुल्क नेपाल आँखा अस्पातल त्रिपुरेश्वर, काठमाडौ लगी गुदेल शेर्पा किदुगले उपचार गरिरहेको छ । खान, बस्न, औषधी तथा शल्यकृया सबै नि:शुल्क व्यवस्था गरिएको छ । यसमा ख्यातिप्राप्त आँखा विशेषज्ञ डाक्टर दाकी शेर्पाको विशेष: भूमिका रहेको छ ।

त्यसै गरी सोलुखुम्बु जिल्लाको गुदेल गा. वि. स.मा आँखा तथा दाँतको निमित्त गुदेल शेर्पा किदुगले नि:शुल्क स्वास्थ्य सिविर सञ्चालन गर्ने भएको छ । नि:शुल्क खान, बस्न तथा औषधी उपलब्ध गराउने किदुगका महासचीव दाफुरी शेर्पाले जानकारी दिएका छन् ।

रसुवाको राम्चेमा १५ लाख बराबरको चामल, गुदेल गा. वि. स. मै ३५० घरलाई २२ लाख बराबर ब्लाङकेट र तारपाउलिन, खोटाङ माउरेथाम सुङदेल गाविसमा ४२ घरलाई ढुवानी सहित १७लाख  बराबरको सिरक र तारपाउलिन आदि किदुगले वितरण गरिसकेको छ । लगभग ४ लाख जतिको औषधी यस किदुगका अदक्ष निमदावा शेर्पाबाट गुदेल गाबिसका जनतालाई हस्तान्तरण गरिएको छ ।
यस किदुगको तथा यस सँस्थाका सल्लाहकार पेमलाक्पा शेर्पाको पहलमा जापानमा रहेको CODE सँस्थाले गुदेल बाविसमा नमूना घर बनाईरहेको छ । जसको निर्माण सम्पन्न भएपछि अस्पताललाई बुझाउने निर्णय भएको छ ।

‘यति धेरै सामाजिक र मानव सेवाको काम गरिरहेको यस किदुगको चर्चा कतै छैन । जनताको पसिना पशुपतीको पूजारीलाई चढाएर मिडियामा चर्चा कमाउने राष्ट्रपती विध्या भण्डारी जस्तो चर्चाको लागि हामी समाजसेवा गर्दैनौं ।‘ रिपोर्ट सङकलनको क्रमामा एक सदस्यले जवाफ दिए ।
-आलोपालो डटकम
-एचके नेपाली रेडियो

Trouble listening? Try from alternative players
Advertisement