साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन »

अगष्ट १६, २०१५ नेपालमा धर्मनिरपेक्षता, नामाङ्करण र पहिचान सहितको सङ्घीयताको लागि आदिवासी जनजातिले राष्ट्रीय व्यापी आन्दोलन घोषणा गरेर युद्ध चरणमा निस्केको बेला साईप्रसमा रहेका शेर्पाहरूले प्रथम शेर्पा बेला शेर्पा किदुक साईप्रस गठन गरेका छन् ।

पेमा छोकी शेर्पाको अदक्ष्यतामा बसेको सो भेलामा प्रमुख अथिति कमान सिंह(कर्मा पहाडी) शेर्पा रहेका थिए । विशेष अतिथिको रुपमा जनमुक्ति साईप्रसमा अदक्ष्य रमिला राई थिए । NRN अदक्ष्य सुवास मल्ल, नेपाल साईप्रस कन्सुलर राम जीवन पंजियार, जनमुक्ति मञ्च साईप्रसका महासचीव बिरेन्द्र भट्ट, याङ्की ह्योल्मू र अन्य अतिथिमा सुमन तिवारी, समीर श्रेष्ठ र विवेक महत्तो थिए । प्रमुख तथा विशेष अतिथिहरूले सङ्युक्त रुपमा छ्योमिन बालेर कार्यक्रमको गद्घाटन भएको थियो । नेपाली राष्ट्रीय गान बजाएर औपचारिक रुपमा सञ्चालन भएको उक्त कार्यक्रममा आङ्ग ङिमा शेर्पाले स्वागत मन्तव्य राखेकी थिइन ।

शेर्पाहरूको एकताको सकरात्मक पक्षका बारेमा उनले चर्चा गरेखी थिइन् । नेपालमा गएको भूकम्पमा परी जीवन गुमाएकाहरूलाई सम्झिँदै मौनधारण गरिएको थियो । गठित शेर्पा किदुकमा अदक्ष्यमा पेमा छोकी शेर्पा, उपादक्ष तथा साईप्रस-रसिया संयोजकको रुपमा आङ ङिमा शेर्पा मनोनित भएका थिए । उपादक्ष्य मै पासाङ शेर्पा र डोमा शेर्पालाई पनि मनोनयन गरिएको थियो । महासचीवमा माया शेर्पा, सचीवमा निमी शेर्पा र पासाङ ल्हामू शेर्पा सर्व-सम्मतीबाट मनोनयनमा परेका हुन् । याङ्जी शेर्पा र जाङमु शेर्पा कोषादक्ष्यमा रहेका छन् । सदस्यमा क्मरश: सोमान शेर्पा, माया शेर्पा, निलु शेर्पा, सोनाम शेर्पा, ल्हामू शेर्पा, आङ डिकी शेर्पा, अन्जिल शेर्पा र फुटिक शेर्पा रहेका छन् । महिलाहरूको वर्चस्व रहेको यस शेर्पा किडुकले साईप्रसमा रहेका शेर्पाहरूको एकता गरी शेर्पा सँस्कृति, भाषा र धर्मको जगेर्ना र सम्वर्धन गर्ने मूख्य उदेश्य राखेको छ ।

साईप्रसमा रहेका तमाम नेपालीहरूको हक-हीत र सहयोगकालागि स्थापित यो किडुकले अरु आयोग-नियोग र सँघ-सँस्थाहरूसँग सहकार्य गरी नेपाली र नेपालको हीतकालागि सामाजिक सेवाको काम गर्ने धारणा पनि प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि कमान सिंह शेर्पाले यो शेर्पा किदुक नेपाली महिलाहरूको नमूना समिति रहेको बताए । यति धेरै महिलाहरूको प्रतिनिधित्व र वर्चस्व हुने यो कमिटीले शेर्पा जातिले नारीहरूलाई पनि आदर गर्ने र अवसरबाट बन्चित नगर्ने उदाहरण हो भने । उक्त किदुक शेर्पा जातिको समिती भए पनि यो महिलाहरूको समिति जस्तै बनेको छ-भन्दै रमिला राईले आफ्नो बिचार राखेकी थिइन । नारी जातिको सम्मान गर्न शेर्पा जातिको सँस्कृति उच्च सभ्यता रहेको सकरात्मक धारणा राखेकी थिइन् । उदक्ष्यमा मनोनित पेमा शेर्पाले आफूले पाएको जिम्मावारीले साईप्रसमा शेर्पाहरू तथा अन्य जाति र सम्पूर्ण नेपालीहरूको हक-हीतकालागि काम गर्ने र नेपालीलाई जागरुक बनाउन मरिमेट्ने प्रण गरिन् ।

साईप्रस मै कार्यरत रहेकी र ईम्प्लोयरबाट एसिड पीडित भएकी सिता भट्टराईलाई उपस्थितहरूले आर्थिक सहयोग गरेका थिए । पिडित सिता भट्टराईले रुँदै आफ्नो दु:ख सुनाउँदै यस्ता किडुक जस्ता सँगठनले मात्र तमाम नेपालीहरूलाई सहयोग गर्न सक्ने धारणा राख्दै शुभकामना दिएकी थिइन् । साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको उक्त किदुकमा अर्को नियमित बैठक बसी अगामी कार्यक्रमहरूको निर्णय र कार्य-योजना प्रस्तुत गरिने जानकारीकासाथ कार्यक्रम सौहार्द र पारिवारिक तवरले समापन भएको थियो । -आलोपालो डटकम प्रतिनिधि

 
Trouble listening? Try from alternative players
Advertisement