आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) »

स्रोत सङ्कलक: केशर माङ्युङ सुब्बा
लेखक: खगेन्द्र पन्धाक लिम्बू


'तिमीसितै जुध्यो नजर तिमीलाई मन पराउने, तिम्रै यादमा हराउने म जस्ता त होलान् हजार' हो, यो गीत मन पराउने नि जहार छन् । र यसका गायक बिमल डाँगीलाई मन पराउने नि हजार छन् । अनि यस गीतका नारी आवाजलाई मन पराउने पनि हजार-हजार छन् । तर तर कमैले मात्र उनको नाम ख्याल गरेका होलान् ।

 नेपालको सुदूर पूर्व पाँचथरको गामवेशी आरुबोटेमा जन्मिएकी तर धेरै जस्तो पश्चिमको लोकलय राम्रोसँग गाउने क्षमता भएकी गायिका भनेर रत्ना बराईलीलाई चिन्ने पनि हजरा-हजार छन् । उनी ५ दाजु-भाई र ३ दिदी बहिनी मध्येकी जेठी सुपुत्रीको रुपमा आमा धनमाया सेन्च्युरी र बुवा डीकबहादुर बराईलीको कोखमा जन्मिएकी हुन् । गाउँ-घरको उकाली-ओरालीमा घाँस-दाउरा र मेलापात गर्दै रत्नाको आवाज स्वस्फूर्त भएर गुन्जन थालेको थियो । घरको कामसँगै रत्नाले पढाई र गायनलाई सँगै प्रेम गरेर आईन् । अन्तत: रत्ना ग्रामिण जीवनको सँघर्षसँगै पैठेजोरी गर्दै साँच्ची कै ‘रत्न’ भईन् । उनको सानैदेखिको नर्स हुने र गायिका बन्ने सपना पूरा भयो । गाउँबाट नै विध्यालयको पढाई सकेर पाँचथरमै क्याम्पस पढिन् र तराई झरेर नर्सिङ पढिन् । ‘छोरीलाई पढाउन हुन्न’-भन्ने सँस्कार र समाजबाट उनले पढेर नर्स मात्र बनिनन्, दुनियाँ सङ्गीतप्रेमीहरूको ढुकढुकीसम्म पनि गुन्जायमान बनिन् । उनले गाएका प्राय: पश्चिमका लोकगीतहरू धेरै नै लोकपृय बनेका छन् । उनले दलितवादी सामाजिक मानसिकतालाई समेत चिरिदिईन् । आफ्नै सामर्थ्य र दक्षताले उनी अचेल अमेरिकामा नर्स भएर प्रतिष्ठित जीवन बाँचेकी छिन् । जागिरले उनलाई अमेरिका पुर्याए पनि उनीभित्रको लोकगीतको मायालाई भने छुटाई दिन सकेन कि उनले न्युयोर्क मै पनि लोकगीत रेकर्ड गरेकी छिन् । काठे, ठेट, रोईला, तीज, विरही आदि सबै भाकामा जमेर गीत गाउने रत्ना बराईलीले लोक-गीत-सङ्गीतलाई आफ्नो जीवनको अभिन्न कुरा मान्दछिन् ।

 युवा मनको मनोबैज्ञानिक पक्षलाई राम्रोसँग बोकेको र राम्रो लय भएकै कारण पनि रत्ना बराईलीले आफूले गाएको गीत मध्ये ‘तिमीसितै जुध्यो नजर’ बोलको गीत मन पराएको बताउँछिन् । ‘गाउँघरमा जन्मिएँ । पँधरी, घाँस-दाउरा, गोठालो, मेलापात, उकाली-ओराली, भीर-पहरासँगै हुर्किएँ । कर्मथलोको रुपमा अमेरिका बसाई भए पनि जन्मगाउँको रमणीय र सुन्दर याद मभित्र सदैव सजिएको छ । त्यसैले पनि यो ब्यस्त र आधुनिक अमेरिका पनि मैले लोकगीत गाउने निरन्तरता दिने कोशिष गरेकी छु ।‘- यो उनै रत्नाको भनाई हो । ‘आफ्नै जन्म गाउँका उकाली-ओराली, घाँस-पँधेरीले गीत गाउन प्रेरणा दियो ।‘ उनी थप्छिन् । विदेश बसाईकै क्रममा नि गीत गाउन अनुरोध आएता पनि समय र ठाउँको अनुकूलता नमिल्दा भने जस्तो गीत गाउन नसकेको रत्नाको गुनासो छ । सानैदेखिको रुची आफ्नै एकोहोरो कोशिषले पूरा भएको र त्यसैगरि जीवनभर गायन र मानवसेवी नर्सको जागिर गरिरहने उनको अभिलाषा छ । जसरी भए पनि चाँडै राम्रो लोकलयका गीतहरूको एल्बम दिने प्रतिवद्धता गर्ने रत्ना बराईलीले गाएको ‘Rudai Chhin Ki Katai रुदैछिन कि कतै मेरी माया गाउँमा’ ‘Aakha Khole Timi’ ‘ ROILA song by Ratna Baraili and Bimal dangi’ आदि चर्चित गीतहरू YouTube मा खोजेर सुन्न सकिन्छ ।

नेपालबाट गीत गाउने सपना बोकेकी रत्नाले अमेरिकाबाट आफ्ना पूरा गर्न कम्मर कसेकी छिन् । सुदूर पूर्बेली भएर पनि पश्चिमेली लोकलयलाई न्यान गर्न सक्नु कम चानचुने कुरो हैन । लजव कै समस्याको कारण पूर्बेली गायक-गायिकाले पश्चिमेली लोकलय गाउनु र पश्चिमेलीले पूर्वको लोकलय गाउन साँच्ची की कठिन भएको कुरा अरु स्थापित गायक गायिकाले पनि स्वीकारेका छन् । तर रत्नाले यो कुरालाई स्वीकार्न परेन कि कृष्णभक्त राई, लोचन भट्टराई, मिना प्रसाई जस्ता २-३ जना औंलामा गन्न सकिने पूर्बेली गायक-गायिकाले मात्र पश्चिमेली लोकलय गाउने गरेका थिए । ब्यवशायिक रुपमा सफल भए-नभए पनि आफ्नो गायन सौखलाई मर्न नदिने उनको दृढता छ । अग्रज तथा नयाँ कलाकारहरूले पनि नेपालको गीत-सङ्गीतलाई उठाउन सक्दो कोशिष गरिरहे पनि नेपालको गीत-सङ्गीतमा मनपरीतन्त्र भएको कारण र आधुनिकता औ पाईरेसीको कारणले ब्यवशायिक रुपमा नेपाली सङ्गीत खच्किएको उनको भनाई छ । विशेष नेपाली लोकगीत र असल गीत-सङ्गीतलाई चिनेर सुनिदिन सबैमा अनुरोध राख्ने रत्नाले गीत-सङ्गीतले शान्ती दिने हुनाले पनि यसलाई प्रेम र निरन्तरता दिनु पर्ने आग्रह गर्दछिन् ।

Trouble listening? Try from alternative players
Advertisement