के तपाईको नानीहरु यति बेला प्राथमिक ६ मा अध्ययन गरिरहेका छन् ? »

-- देवराज राई
हङकङमा बस्ने नेपाली दाजुभाइ दिदी बहिनीहरु
के तपाईको नानीहरु यति बेला प्राथमिक ६ मा अध्ययन गरिरहेका छन् ? आउँदो वर्ष सेकेण्डरी १ कक्षामा भर्ना हुन गइरहेका छन् ? यदि उसो हो भने, कृपया यो स्टाटसलाई ध्यान दिएर पढी दिनुहोस् । मैले यो स्टाटस यसकारण पनि लेखी रहेको छु की हाम्रो नेपाली समुदायका नानीहरुको भविष्य निर्धारण गर्ने पथ यतिबेला तय हुन्छ । हाम्रो अध्ययन, अनुभवले के बताउँछ भने, जुन अभिभावकले असल विद्यालयको खोजी यति बेला गर्छन उनीहरुको नानीहरु कमसेकम गलतबाटोमा हिड्नबाट जोगिएका छन् । हङकङमा हाम्रोलागि गुणात्मक पठनपाठन हुने विद्यालयहरु नै छैनन् । हामी यसै कारण क्वालीटी एजुकेशनकालागि आन्दोलित छौं ।

मेरो बच्चा प्राथमिक ६ कक्षामा अध्ययन गरिरहेको छ मैले के गर्ने ?
–––– हङकङ सरकारको शिक्षा विभागले हङकङका सबै विधार्थीहरुलाई माध्यमिक एक कक्षामा भर्ना सुनिश्चित गर्न दुई चरणमा भर्ना कार्यक्रम तय गरेको हुन्छ । पहिलो चरण डिसेम्बरमा र दोश्रो चरण मे महिनामा तोकेको हुन्छ । यसर्थ तपाईको नानीले डिसेम्बर १२ भित्रमा दुईवटा फारम हात पार्ने छ । त्यो फारम जनवरीको पहिलो हप्ता भित्रमा आफूलाई मन परेको सरकारी वा सरकारी अनुदानबाट संचालन भएको विद्यालयमा गएर बुझाउनु पर्ने छ । तपाईलाई सहज बनाउनकालागि थोरै शुल्क समेत लाग्ने डीएसएस विद्यालयहरुमा पनि भर्ना कार्यक्रम यसैबेला तोकेको हुन्छ ।

फारम कसरी बुझाउने ?
––– तपाईलाई जानकारीकालागि हङकङका सबै क्षेत्रमा रहेको विधार्थी भाइबहिनीहरु, अभिभावकज्यूहरु यति बेला आफूलाई मन परेको सबैभन्दा राम्रो विद्यालयमा गएर एउटा फारम बुझाउने होस् । त्यो फारम बुझाउनुको कारण के हो भने, तपाई आगामी २०१५÷२०१६ शैक्षिकसत्रमा सेकेण्डरी १ कक्षामा अध्ययन गर्न चाहेको हो भन्ने बुझाउँछ । जति सक्दो धेरै विद्यालयहरुमा गएर त्यहाँ पढाउने माध्यम, पढाउने विषयहरु र त्यस विद्यालयबाट के कति एचकेडएसई परीक्षा उत्तीर्ण गरेकाछन् बुझ्नु होला । फारम बुझाउँदा तपाईको नानीले हासिल गरेको प्रमाणपत्रहरुलाई राम्ररी सम्हालेर नै राख्नु भएको होला त्यो पनि देखाउनु पर्नेछ । तपाईको नानीको स्तर हेरेर सम्बन्धित माध्यमिक विद्यालयले तपाईको नानीलाई आफ्नो विद्यालयमा भर्ना गर्ने नगर्ने निर्णय गर्ने गर्छन ।

फारम भर्दा ध्यान दिनु पर्ने कुराहरु ?
–– तपाईको नानीले प्राप्त गरेको फारम मिलियन डलरको ब्ल्याङ्क चेक जस्तै हो । किनभने यति बेला न्यू टेरिटोरिज र कउलुन क्षेत्रका धेरै माध्यमिक विद्यालयहरुमा विधार्थीको अभावले विद्यालयहरु बन्द हुने अवस्थामा रहेका छन् । विशेषगरी चुनमुन क्षेत्रका धेरै विद्यालयहरु बन्द हुनेअवस्थामा रहेको छन् । २००३ सालको सार्स रोगले जन्मदर कम भएका कारण यति बेला त्यसको असर माध्यमिक १ कक्षामा परेको छ । त्यसैले धेरै माध्यमिक विद्यालयहरुले तपाईलाई घरमा नै आएर उठाएर लैजाने अवस्था देखिन्छ । पूरा गर्न नसक्ने ठूलाठूला वाचाहरु गर्ने र उनीहरुको विद्यालयमा भर्ना गरेपछि तपाईको नानीहरुकालागि आएको श्रोत साधानहरु आफूखुशी प्रयोग गरेका कारण हामी यसै कारण आन्दोलित भएका हौं ।


निशुल्क बस, निशुल्क किताब, निशुल्क खाना दिन्छु भनेको के हो ?
–– हो, धेरै विद्यालयहरुले हिजोआज आकर्षक पोस्टर, पामप्लेट प्रकाशित गरेर निशुल्क बस, निशुल्क किताब, निशुल्क खाना दिन्छु भन्ने पर्चा सामाग्रीहरु यति बेला मेरो हातभरि छ । यी सबै भ्रम हो, तपाईको नानीकोलागि हङकङको शिक्षा विभागले विद्यालयमा पठाइदिएको पैसा दिएर तपाईलाई गुलियोमा भुलाउन खोजेको मात्र हो । यी सबै भ्रम हो । हामीले निशुल्क बस, निशुल्क किताब, निशुल्क खाना होइन क्वालीटी शिक्षा माग गर्नु पर्दछ यो हाम्रो अधिकार हो ।

कसरी उपायोगी विद्यालय पत्ता लगाउने ?
–––– मैले भेटेका धेरै अभिभावकहरु विद्यालयका बारेमा जानकारी नभएको भेटेको छु ।  पठनपाठनको माध्यम, मेडियम अफ टिचिङ ईएमआई (अंग्रेजी) अथवा सीएमआई (सीएमआई) यस बारेमा पत्ता लगाउने । आफूलाई उपयूक्त विद्यालय नानीहरुको स्तरको आधारमा खोज्ने ।
 

Trouble listening? Try from alternative players
Advertisement