एचके नेपाली रेडियोका कुरा »

--- देवराज राई ---

नेपाल बाहिर रहेर नेपाली भाषाको अनलाईन रेडियो, वेभपत्रिका चलाउन त्यति सहज छैन । २००७ नोभेम्बरदेखि आलोपालो डटकम चलाउन थालेको हो । यसलाई न्यूज पोर्टल भन्दा पनि नेपाली भाषा, साहित्य समाजमा योगदान दिएका व्यक्तिहरुको जीवनीहरु र अलि भिन्नै प्रकारको सामाग्रीहरु प्रकाशित गर्दछौं ।

रेडियामा काम गर्ने मोह सानैदेखिको हो । २००० सालदेखि रेडियोमा प्रत्यक्ष संलग्न हुन पाए । सप्तकोशी एफएमm, उज्यालो नेटवर्क, विजयपूर एफएम, एभरेष्ट मेडियाकालागि डीबीसी रेडियो हङकङ, एभरेष्ट मेडियाकालागि आरटीएचके हङकङ लगायतका रेडियोहरुमा रेडियो सम्बन्धि अनुभवहरु लिने अवसरहरु प्राप्त भए । २०११ सालको नोभेम्बर महिनदेखि नै हङकङबाट अनलाईन रेडियो (www.hknepaliradio.com)– एचकेनेपाली रेडियो शुभारम्भ भयो । रेडियोलाई व्यावसायिकरुपमा संचालन गर्न सकिरहेका छैनौं तर साधारण रुपमा सामुदायिक विषयवस्तुहरु समेटेर २४/७ दिन संचालन गर्नु चुनौतिपूर्ण नै छ ।

मेरो उद्देश्य ठूलो छैन, कसैसँग प्रतिस्पर्धा वा ईर्ष्या पनि छैन यति हो नेपाली भाषामा आफूले जानेको कुराहरु अरुलाई सुनाउन पाउनुको मज्जा बेग्लै हुन्छ । जब म सर्भर लगअन गरेर विभिन्न देशबाट सुनिरहेका श्रोताहरुको रिपोर्ट देख्छु मलाई बेग्लै उत्साह पलाएर आउँछ । म अति आनन्दित हुन्छु । कति कार्यक्रमहरु अन्य रेडियोकालागि तयार पारिएका कार्यक्रमहरु नै हुन्छन् । पदम लाओती दाइ मेरो खम्बा हो । मलाई आर्थिक, नैतिक साथ दिनुहुन्छ । जीवन न्यौपाने मेरो सम्पूर्ण समाधान हो । यसैले त हामीले रेडियो पछि अनलाईन टीभीलाई पनि परीक्षण प्रशारण गर्दैछौं । असम्भव के छ र ?

www.hknepaliradio.com
www.hknepallitv.com

एचनेपाली रेडियो धेरै चर्चित भयो । धन्यवाद् आई टेक नेपाल, धन्यवाद छ सबै नेपाली रेडियो एप्सहरुलाई । हाम्रो रेडियोलाई पनि तपाईहरुको एप्सहरुमा राखेर प्रशारण गरिदिनु भएकोमा सबै सबै डेभलोपरहरुलाई धन्यवाद् छ ।

Trouble listening? Try from alternative players
Advertisement